काठमाडौंको जोरपाटीमा निस्कियो ग्यास

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा बिहान करिब १० बजेको आसपासमा उक्त ग्यास निस्किएको हो ।

लेदो माटो र पानीसहितको निस्किएको ग्यास करिब ५०/६० मिटर माथि सम्म पुगेकोे स्थानीयले बताएका छन् ।

प्रहरीले थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरेको बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स