अबको चुनावमा सत्तामा भएका दलसँग मिल्ने , अरुसँग भिड्नेमा काँग्रेस किलिएर

काठमाडौं । नेपाली काँग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जो थिए तिनै दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

आज सोमबार, सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । बैठकमा गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएकोृ हो ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’

तालमेल गर्दा विभिन्न विषयमा साभा धाराणा बनाउँन पर्ने बतताइएको छ । सझा धाराणामा पर्ने विषय जस्तै संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

‘तालमेल गरिरहँदा काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स