नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गरिने :राजदूत चौधरी

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरेका हुन् ।

नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको उनले सो अवसरमा बताए । यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने उनको विश्वास छ । ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने ।

राजदूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यको रूपमा रहेको उल्लेख गरे । नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियत एवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको उनले बताए ।

उनले नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने बताए । बंगलादेशले सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई सँगसँगै अघि बढाएका कारण अर्थतन्त्रलाई गतिशील बनाउन सकेको उदाहरण पनि उनले दिए । ‘बंगलादेशले महिलाहरू र साना व्यवसायलाई केन्द्रित गरेर व्यवसाय गरेको हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भएको हो,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स