काठमाडौं । नेपाल व्यापार संघको आगामी नेतृत्व छनोटका लागि आगामी साउन १४ गते चुनाव हुने भएको छ । साउन १४ गते हुने चुनावका लागि संघका उपाध्यक्ष हरि बहादुर गौतमले व्यवसायीका समस्याहरु समाधानका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् । चुनाव लोकतान्त्रिक प्रक्रिया भए पनि यसबाट व्यवसायीहरु विभाजित भएर जाँदा व्यवसायीलाई नै घाटा हुने भएकाले पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्ने उपाध्यक्ष गौतमले बताए ।
संघको ३१ औं साधारण सभा र १६ औँ महाधिवेशन साउन १४ गते आयोजना हुने भएको हो । यो साधारण सभा तथा महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । साना तथा मझौला व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको नेपाल व्यापार संघको स्थापना २०४७ सालमा भएको हो । १०५ सदस्यीय नयाँ कार्यसमिति महाधिवेशनबाट चयन हुने छन् ।
५१ सदस्यी सल्लाकार, १५० जना आजीवन सदस्य रहेको संघमा साधारण सदस्य भने १ हजार जना रहेका छन् ।