गभर्नरले देशलाई आतंकित पारे, श्रीलंका बन्ने अभिव्यक्तिको रुलिङ हुनुपर्छः संसद विश्वकर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरले जथावाभी बोलेर उद्यमी व्यवसायीदेखि लगानीकर्तालाई समेत आतंकित पारेको भन्दै उनलाई जथाभावी नबोल्न रुलिङ हुनु पर्ने माग संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले गभर्नरले सबैलाई आतंकित बनाएको जिकिर गरे । ब्याज दर बढ्ने, देश श्रीलंका बन्ने अभिव्यक्ति गभर्नरबाट आउन नहुने उनले बताए ।

‘उनलाई जथाभावी नबोल्नको लागि रुलिङ हुनु पर्ने माग पर्यो,’ उनले भने ‘ अर्थतन्त्र बिग्रदै गएर श्रीलंका बन्ने अभिव्यक्ति गभर्नरले बारम्बार दिँदा २ देशबीचको सम्बन्धमा पनि असर पर्छ ।’ गभर्नरले देश श्रीलंका बन्ने अभिव्यक्ति दिँदा उद्योगी, व्यापारी, किराना पसले, सेयर लगानीकर्ताहरु आंतकित बनेको सांसद विश्वकर्माले भने । संसद विश्वकर्माले गभर्नरले देश श्रीलंका बन्छ भनेर आतंकित बनाउने नभई समाधान खोज्नेतर्फ लाग्नु पर्ने बताए ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर एमाले पार्टीको विभागको सदस्य रहेकोले गभर्नरमाथि छानबिन भई कारवाही हुनु पर्ने माग राखिन् ।

राष्ट्र बैंक ऐन अनुसार राष्ट्र बैंकको गभर्नर कुनै पनि पार्टीको सदस्य हुन नहुने व्यवस्था रहेकोले गभर्नरमाथि छानबिन हुनु पर्ने उनको जिकिर थियो । संसदको शून्य समयमा बोल्ने अन्य सांसदले पनि गभर्नरमाथि छानबिन हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स