१ अर्ब रुपैयाँ बराबरको नबिल ब्यालेन्स्ड फण्ड निष्काशन गर्दै नबिल इन्भेष्टमेन्ट

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचल फण्ट बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । निष्काशन गरिने कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ ।

कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याउन लागेको हो । सो फण्डको इकाईका लागि भदौ २५ गतेदेखि आवेदन दिन सकिनेछ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज ८ गतेसम्म आवेदन म्याद थप हुनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेव तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकको स्वामित्व स्थापना भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स