फेरि सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ जान कति ?

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धिसँगै विभागले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको विभागले जनाएको छ ।

यस्तो छ नयाँ मूल्य सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/vhada.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स