काठमाडौंको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएको छ ।

उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएको थियो ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौंको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स