काठमाडौं । विश्वका विभिन्न ठाउँहरुमा घुम्ने, विभिन्न देशको रहन सहन र संस्कृति बुझ्ने त्यहाँको स्थानीय खाना तथा संस्कारसँग घुलमिल हुने रहर कसलाई पो नहोला र ? नेपालमा बसेका मानिसलाई माल्दिभ्स कस्तो होला, श्रीलंका कस्तो होला जीवन भरमा एकचोटी समुन्द्रमा जानु पर्छ भन्ने सपना देख्नु स्वभाविक हो ।
त्यसैगरी माल्दिभ्स र श्रीलंका मानिसलाई नेपालको डाँडाकाडा लालीगुराँसले रातम्य भएको पहाड हर्ने रहर हुन्छ । आफू बसेको भन्दा भिन्न ठाउँमा गएर मानिसले अवलोकन गरी रसपान गर्नु मानिसको स्वभाव हो ।
तर, रकमको अभावले यो सपना सबैको पुरा हुन सकेको थिएन ? केही धनी देशका नागरिक र गरिव देशका धनी धनाढ वर्गले मात्र यो वैभव लिन सकेका थिए । अहिले विश्वमा सूचना प्रविधिको वृद्धिसँगसँगै लिन पाएका थिए ।
आजको युगमा ल्यापटप र कम्प्युटरमा बसेर काम गर्ने मानिसको संख्या दिनानु दिन बढ्दै गइरहेको छ् । विशेष गरी ल्यापटप आफूसँगै बोकेर लैजान मिल्ने आफूलाई जहाँ सहज भयो ।
त्यही काम गर्न मिल्ने भएकाले मानिसले आफूले आफूलाई आनद दिने ठाउँमा लगेर काम गर्ने चलन पनि पछिल्लो समय बढिरहेको छ । मानिसले आफ्नो काम गर्दै विभिन्न देश पनि घुम्ने गर्छन । यसरी घुम्ने पर्यटनको संख्या विश्वमा ठूलो छ र अझै धेरै बढ्ने आकलन गर्न सकिन्छ ।
आफ्नो काममा र जीवनको स्वतन्त्रामा खुशी र सन्तुष्ट ल्याउनका लागि ‘एयर बियन बिले’ राम्रो आधार शिला सृजना गरेको छ । जसका कर्मचारीले जहाँबाट जहिले पनि आफ्नो काम गर्न सक्छन् । त्यसो त सबै जना उद्योगपति स्वतन्त्रताको पक्षमा वकालत गर्दैनन् । जस्तै विश्वभरी आफ्ना आफ्ना सोच विचार र कामले संसारलाई नै चकित बनाएका टेस्ला मोटरका कार्यकारी अधिकृत, विश्वकै सबैभन्दा धनी व्यतिm ‘इलन मस्क’ले कुनै कर्मचारीले अफिसमै नआएर काम गर्छ भने उसले राजीनामा दिएको मानिन्छ भनेर आफ्नो एउटा ट्विटमा बताएका छन् ।
यस्ता व्यवसायीक कर्म चलाउँदै घुमफिर गर्नेलाई डिजिटल नोम्याड(घुम्नते) भनिन्छ । यस्ता व्यक्तिले कुनै पनि स्थानमा आफ्नो स्थायी वासस्थान बनाएका हुँदैनन् । उनीहरु हप्ता दिन अथवा महिना दिन बाहिर जान्छन् अनि आफ्नै देशमा फर्कनछन् । कसैले त वर्षै बाटोको यात्रामा बिताएका हुन्छन् ।
यसरी विदेशमा बसेर काम गर्ने प्रतिस्थापन गर्ने नीति नियम बन्न सकेको छैन । हरेक देशमा फरक खालका नीति नियम भएको हुन्छ । त्यही खालको अध्ययन गरेर जानु पर्ने देखिन्छ । जस्तै इन्डोनेसियामा १८३ दिन अथवा त्यो भन्दा बढि बसेको छ भने ट्याक्स रेसिडेन्ट (कर लाग्ने नागरिक ) भन्ने व्यवस्था छ । तर, कर तिर्नलाई कामको स्वीकृति लिएकालाई कितास भन्ने गरिन्छ । जुन घुमफिर गर्ने पर्यटकलाई मिल्ने गर्दैन ।
पछिल्लो समय विभिन्न देशले डिजिटल घुमन्तेको लागि छुट्टै स्थान दिएको पाइन्छ । जस्तै इन्डोनेसिया कै कुरा गर्दा विशेष ५ वर्षको लागि ग्रामीण कार्य गर्नेको लागि कर तिर्न मिल्ने नागरिक रुपमा लिने गरेको छ । दुई दर्जनभन्दा बढि राज्यहरूले यसरी घुमफिर गर्दै हिड्ने छुट्टै व्यवस्था गरेका छन् ।
कस्ता काम गरिन्छ त घुमफिर गर्दै ?
विभिन्न कम्प्युटरबाट गर्ने कामहरू जस्तै डिजिटल मार्केटिङ, सफ्टवयेर बिल्डिङ, वेव साइटमा सभार गर्ने, यूटुब, टिकटकमा विभिन्न विषय वस्तुमा सामग्री राख्ने यी यस्ता अनेकौ कामहरु घुमफिर गर्दे गर्ने गरिन्छ ।