बागलुङका सत्ताइस वडा उच्च जोखिममा

काठमाडौं । बागलुङ जिल्लाका २७ वडा मनसुनजन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छन् । जिल्लाभर रहेका दश स्थानीय तहका ८५ वडामध्ये २७ वडा उच्च जोखिममा रहेको पाइएको हो ।

जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुन मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गर्दै २७ वडालाई उच्च जोखिममा राखेर सतर्कता अपनाउन भनेको छ । विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, सङ्कटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङजस्ता प्रकोपबाट स्थानीय तहका वडामा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो ।

प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्वरमा परेको छ । विगत वर्षहरुको बाढी पहिरोको प्रवृत्तिलाई विश्लेषण गर्दा बडिगाड गाउँपालिकाको बडिगाड खोलाको तटीय वस्ती, काठेखोला गाउँपालिका– ५ बिहुँ काउले क्षेत्र, बरेङ गाउँपालिका–१ र ४ वडा, निसीखोला गाउँपालिका–।७, गलकोट नगरपालिका– १,२ र ३ गौदी खोला र दरमखोलाका तटीय क्षेत्र बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि कालीगण्डकी नदीका तटीय क्षेत्र, जैमिनी नगरपालिकाका कालीगण्डकी नदीका तटीय क्षेत्र, काठेखोला गाउँपालिका– २ अछेते बजार, दोबिल्ला क्षेत्र र तमान गाउँपालिकाको बोङ्गादोभान क्षेत्र उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गको बागलुङ निसी खण्डअन्तर्गत बागलुङ नगरपालिका– ३ बोक्सेको गहिरो, काठेखोलाको टापु, काउले, गलकोट नगरपालिकाकोको नरेठाटी, हटिया, बानिया, मनेवा क्षेत्र, बडिगाडको खर्वाङ, राक्से, ग्वालीचौर, खौलार, खार, बालुवा, तुरतुरे, ढोरपाटनको खप्तरीवाङ पहिरो, ताराखोलाको सिले, साँधी, ताराखोला तटीय क्षेत्र, कालीगण्डकी कोरिडोरको गलुवा, धापेखोला, सरङी, कैया, टुटुङा, जैमिनीघाट, बेलबगरलाई पहिरोको उच्च जोखिमका सूचीकृत गरिएको छ ।

पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा प्रभावित भएको तथ्याङ्क छ । स्थानीय तहबाट प्राप्त विवरणको आधारमा २७ वटा वडा उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिममा छन् । यस वर्षको मनसुनमा पहिरो प्रकोपको कारणले ३० हजार जनसङ्ख्या प्रभावित हुने सम्भावना उल्लेख गरिएको छ ।

पहिरोको जोखिममा रहेका झण्डै २० विद्यालय पहिरोको कारण पूर्ण तथा आंशिकरुपमा भत्किएर पठनपाठनमा वाधा पुग्न आँकलन गरिएको छ । पहिरो गएको ठाउँमा उद्घार तथा राहतको लागि तुरुन्तै स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको उद्घार टोली घटनास्थलमा पठाउने निर्णय भएको छ । यदि ठूलो नै पहिरो गएर धेरै जनसङ्ख्या प्रभावित भएको छ भने तुरुन्तै बहुक्षेत्रगत द्रुत लेखाजोखा टोली घटनास्थलमा पठाई विस्तृत सूचना सङ्कलन गर्ने निर्णय भएको प्रजिअ ढकालको भनाइ छ ।

सूचना सङ्कलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाले राहत तथा उद्घारसम्बन्धी कार्य सुरुआत गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायीरुपमा बसोबास मिलाउनको लाबागलुङका सत्ताइस वडा उच्च जोखिममा

सूचना सङ्कलनको आधारमा स्थानीय तह र विषयगत क्षेत्र अगुवाले राहत तथा उद्घारसम्बन्धी कार्य सुरुआत गर्ने, स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले अस्थायीरुपमा बसोबास मिलाउनको लागि कार्य गर्ने साथै प्रभावितको लागि अस्थायी टहरा वा सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।
गि कार्य गर्ने साथै प्रभावितको लागि अस्थायी टहरा वा सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स