भोलिबाट सरकारको नियमित भुक्तानी बन्द हुँदै

काठमाडौं । सरकारको नियमित भुक्तानी शुक्रबार (असार २४) गते देखि बन्द हुने भएको छ ।

शुक्रबारबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारी भुक्तानी बन्द हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो ।

केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने नियमावलीको नियम ३० मा उल्लेख गरिएको छ।

केन्द्र सरकारले जरुरी खर्च गर्नु परे वा स्रोत फेरिए थप बजेट पाए मात्रै भुक्तानी हुनेछ। प्रदेश र स्थानीय तहले यो सुविधा पाउने छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स