नेपाल प्रहरीका ६ एसएसपीको काज सरूवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरूवा भएको छ।

बुधबार प्रहरी प्रधान कार्यालयले ६ जना एसएसपीको काज सरूवा गरेको हो।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा जनक भट्टराईको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै, अपराध अनुसन्धान विद्यालयमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको रूपमा रहेका विष्णुकुमार केसीको सरूवा भएको छ।

लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल, विपद् व्यवस्थापन कार्यालयमा कुँवेर कडायत र मानव बेचबिखन अनुसन्धान ब्युरोमा अनुराग द्विवेदीको सरूवा भएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स