अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन, को-को छन् ?

काठमाडौं । प्रतिनिधि सभाले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको छ ।

जेठ १५ गते बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेका विषयमा समाचार सार्वजनिक भएपछि सत्य तथ्य छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनेको हो ।

सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

समितिमा रहेका सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स