राष्ट्रव्यापी ‘युवाको बुझाईमा संस्कृति–२०२२’ वक्तृत्व प्रतियोगिता २०७९ को विजयी घोषणा

काठमाडौं । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाईमा संस्कृति–२०२२’ (कल्चर थ्रु द आइज अफ युथ–२०२२) वक्तृत्व प्रतियोगिता २०७९ को विजयी घोषणा भएको छ । काठमाडौंको टोखा–७ बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजको हलमा आयोजित एक कार्यक्रमबाट विजयी प्रतियोगीहरुको घोषणा गरिएको हो ।

उक्त प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम, बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत पे्ररणा थापा तृतीय भएका छन् । प्रतियोगितामा ग्रेसी न्यौपाने (नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुबदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् ।

साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मा. वि., धनगढी, कैलाली)ले हासिल गरेका छन् । तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको हो ।

२०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङ्बाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो ।

कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्यांकन गरिएको थियो । यस्ता रचनात्मक कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने प्रतिवद्धता साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसीले भने । नेपालका लागि अस्टे«लियाका राजदूत फेलिसिटी भोल्कले आफू नेपाल आउँदा नेपाली संस्कृति र नेपाली जनतामा रहेको सहिष्णुता देखेर प्रभावित हुने गरेको अनुभव सुनाए ।

यूनेस्कोका नेपालका लागी प्रतिनिधि माईकल क्रफ्टले नेपाल संस्कृतिक हिसाबले सम्वृद्ध राष्ट्र रहेको र यूवाहरुले यसको महत्व वुझेमा यसले पर्यटन मार्पmत देशलाई नै सम्वृद्धिको पथमा डो¥याउने कुरा बताए ।

नेपालजस्तो विविध संस्कृतिले सम्पन्न देशका युवाले देश प्रेमका लागि संस्कृतिको संवद्र्धनमा जुट्नु पर्ने विचार दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधानले व्यक्त गरे ।

उक्त कार्यक्रमले नेपाली यूवामा आफ्नो मौलिक संस्कृति प्रति आकर्षण बढ्ने कुरामा कार्यक्रमका संयोजक सरिता शाक्य प्रधानले विश्वास व्यक्त गरे । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक संस्कृतिप्रति विद्यार्थीको बुझाइ विस्तार गर्न र संस्कृतिप्रति सकारात्मक सन्देश दिन कार्यक्रम सफल रहेको र कार्यक्रमले विद्यार्थीको बोध तथा अभिव्यक्ति क्षमताको विकासमा टेवा पु¥याउनुको साथै संस्कृति विचलन रोक्न सहायक हुने कुरा कार्यक्रमका संयोजक निभा माथेमा प्रधानले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स