रामेछाप बस दुर्घटना :मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । रामेछापबाट काठमाडौं आउदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । २१ जना घाइतेलाई धुलीखेल अस्पतालमा उपचार गरीदै छ, भने ३ जनालाई प्रभुको हेलीकप्टर चार्टर गरी काठमाडौं पुर्याइएको छ । बसको ब्रेक फेल भएर दर्घटना भएको प्रहरीले आकलन गरेको छ ।

आज बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स