रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौं । आज बिहान रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल पठाइएको छ ।

३ जना गम्भीर घाइतेलाई भने हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स