काठमाडौं उपत्यकामा मात्र ४७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ संक्रमित थपिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ९७४ रहेको छ ।

देशभर १,३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स