आइतबार अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं । आज आइतबार काठमाडौं उपत्यकाका साथै देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित चट्याङ भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स