मन्त्री आलेले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

आलेले करिब साढे ११ बजेतिर पार्टी कार्यालयमा आएर अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

आलेले शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स