आजदेखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ठेला गाढामा पानीपुरी बेच्न नपाइने भएको छ ।

महानगरले हैजा फैलिने खतरा बढेपछि ललितपुरका महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुले बताए । ‘अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने’ उनले बताए ।

बाहिरी क्षेत्रमा पानीपुरी बेच्दा धुवाधुलोले स्वास्थ्यमा असर पर्ने र पानीपुरीको पानी अत्यधिक फोहोर भएकाले हैजा फैलिने उच्च जोखिम भएकाले ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाइने हाछेथुले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स