सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथाशिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासंघले राखेमा माग सम्वोधन गर्न पहल गर्ने आश्वासन दिए । उनले व्यवसायी माथि परेमा समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताए ।

सोही अवसरमा नेपाली कांग्रेसका संसद मिन वहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिविद्धता गरे । उनले सुनचाँदीको कारोबार सम्वन्धी ऐन नहुँदा सुनचाँदी ब्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शिघ्र समाधान हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री देउवासँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराएका थिए । त्यस क्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष शाक्यले महासंघकका तर्फवाट बधाइ दिँदै सफल कार्यकालका लागि शुभकामना दिए ।

भेटकाक्रममा महासघका तर्फवाट उपाध्यक्षहरु विपिन रामुदामु, शिव सर्राफ, महेन्द्र रत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाइ बज्राचार्य, सदस्य सुविन बज्राचार्य लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स