काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९०र८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बजेट प्रस्तुत गरेका हुन् ।
त्यस्तै, ललितपुर महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
सेवा प्रवाह विकास व्यवस्थापनका सन्दर्भमा महानगरवासीहरुका गुनासो व्यवस्थापन गर्न कल सेन्टरको स्थापना गरिने बजेटमा प्रस्तुत गरिएको छ ।