नेपाल टेलिकमले घटायो इन्टरनेटको शुल्क, यस्तो छ नयाँ महसुल दर

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेटको लिज लाइनअन्तर्गत १ देखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब १ हजार ६०० मात्र कायम गरिएको छ । यसअघि २ हजार शुल्क रहेकामा टेलिकमले ४ सय रूपैयाँ घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर २ हजार ३०० रहेकामा एक हजार ६०० बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको २ हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल १ हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर १ हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल २ हजार ७०० रहेकामा २ हजार ४०० बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको २ हजार ४०० रहेकामा २ हजार १००, १०० एमबिपीएसभन्दा बढीको २ हजार १०० रहेकामा १ हजार ८०० कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधै बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स