साउन १ गतेदेखि काठमाडौं महानगरवासीले कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना हुने

काठमाडौं । काठमाडौं महानगरवासीले कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना हुने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना प्रकाशित गरि कुहिने र नकुहिने फोहोर नछुट्याए साउन १ गतेदेखि ५०० जरिवाना हुने बताएको हो ।

फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइएमा हरेक पटक जरिवाना गरिने र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन भन २०६८ को दफा ३८ (थ) मा जरिवाना गरिने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्ते, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार २०७९ साल साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्नुहुन सम्पूर्ण महानगरवासीलाई विनम्र अनुरोध गरेको छ ।

उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर संकलन गर्न आउने दिन जैविक (कहिने) फोहोर मात्रै संकलन गर्ने र अजैविक (नकुहिने) फोहोर संकलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै संकलन गर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स