काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएको हो ।
देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।