निरन्तर SpO2 मनिटरिङ का साथ ओप्पो ब्यान्ड उपलब्ध

काठमाडौं । मोबाईल फोनका साथ, ओप्पोले विभिन्न वेयरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको सर्वविदितै छ ।

ओप्पो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्शन प्रदान गर्दछ, जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन (SpO2) को निगरानी गर्दछ । ओप्पो ब्यान्डले १२ वर्कआउट मोडहरू र अन्य सुविधाजनक प्रकार्यहरू पनि प्रदान गर्दछ, जुन सक्रिय, व्यस्त जीवनशैलीका लागि उपयुक्त छ । डिजाइनको कुरा गर्दा, ओप्पो ब्यान्डले ओप्पो एस्थेटिकलाई जारी राखी १.१ इन्च फुल कलर अमोल्ड स्क्रिनको साथ उपलब्ध छ ।

निरन्तर SpO2 मनिटरिङको : हरेक पल सक्रिय निद्रामा पनि तपाईको साथ

आजकल, निद्रा नलाग्ने समस्या मध्यम–उमेर वा वृद्धहरूका लागि मात्र नभएर युवायुवतीहरुमा पनि समस्याहरु छन् यसका मुख्य कारणहरु तनाव, व्यस्त जीवनशैलीलाई औंल्याउन सकिन्छ । ओप्पो ब्यान्डको हेल्थ मनिटरिङ फङ्क्सनले विशेषत निद्राको समस्या पत्ता लगाउन सहयोग गर्दछ । यसले सही निद्रा निगरानी हर्ट रेट निरन्तर SpO2 अनुगमन गर्दछ – यसको प्रयोगकर्ताको निद्रा समस्याकोे चौतर्फी रेकर्ड र विश्लेषण प्रदान गर्दछ ।

निरन्तर SpO2 निगरानी बिल्ट–इन अप्टिकल रगत अक्सिजन सेन्सरले गर्दछ । यो कम्पोनेन्टले ओप्पो ब्यान्ड प्रयोगकर्ता सुतिरहेको बेला रगत अक्सिजनको मात्रा प्रति सेकेन्ड निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । आठ–घण्टाको निद्रामा यसले २८,८०० पटक नन–स्टप SpO2अनुगमन गर्छ – प्रयोगकर्ताको शरीरको अक्सिजनको मात्रा पूर्ण रूपमा मापन गर्दै यसको निरन्तर SpO2 मोनिटर र व्यावसायिक निद्रा मनिटरको साथ, ओप्पो ब्यान्डले प्रयोगकर्ताहरूलाई स्वस्थ निद्रा बानीहरू विकास गर्न मद्दत गर्दछ ।

ओप्पो ब्यान्डमा मुटुको गति मनिटर पनि छ । बिल्ट–इन अप्टिकल हार्ट रेट सेन्सरले प्रयोगकर्ताको हृदय गति चौबीसै घण्टा निगरानी राख्न सक्छ । यदि मुटुको धड्कन धेरै बढ्यो भने, स्मार्ट ब्यान्डले प्रयोगकर्तालाई अनियमित हृदयघातको चेतावनी दिन भाइब्रेट गर्नेछ । ओप्पो ब्यान्डले व्यायामको क्रममा मुटुको धड्कन मापन गर्दा, प्रयोगकर्ताहरूले ओभर–ट्रेनिङबाट बच्न सक्छन् र उनीहरूले आफ्नो लक्ष्यमा अघि बढिरहेका छन् भनी सुनिश्चित गर्न उनीहरूले कस्तो गति कायम राख्न आवश्यक छ भनी सिक्न सक्छन् ।

१२ वर्क आउट मोड संग एक सक्रिय जीवन

निद्रा सम्बन्धी समस्याहरू बाहेक, युवा वयस्कहरू सबैभन्दा बढी चिन्तित हुने अर्को स्वास्थ्य समस्या भनेको व्यायाम हो, र ओप्पो ब्यान्ड वर्क आउटलाई सजिलो बनाउँछ । यसमा दौडने, हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने, ब्याडमिन्टन, क्रिकेट, योग आदि लगायत १२ वटा अन्तर्निहित वर्क आउट मोडहरू छन्, जसले युवाहरू माझ लोकप्रिय भएका अधिकांश खेलहरूलाई समेट्छ । ओप्पो ब्यान्डले व्यायाम डेटा रेकर्ड गर्दै, प्रयोगकर्ताहरूले HeyTap Health एपमा आफ्नो प्रोगे्रस जाँच गर्न सक्छन् र सक्रिय जीवन जीउन प्रेरणा प्रदान गर्दछ ।

दीर्घकालीन सुविधा

ओप्पो ब्यान्डले प्रयोगकर्ताको स्मार्टफोन विस्तारको रूपमा पनि काम गर्न सक्छ । प्रयोगकर्ताहरूले सन्देश र कल सूचनाहरू प्राप्त गर्न सक्छन्, संगीत प्लेब्याक नियन्त्रण गर्न सक्छन्, र ब्यान्ड मार्फत आफ्नो मोबाइल फोनहरू फेला पार्न सक्छन् ।

ब्याट्रीको लागि, ओप्पो ब्यान्डले उच्च क्षमता र कम पावर प्रोसेसरयुक्त १०० एमएएच् ब्याट्री रहेको छ, यो केवल १.५ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । यसको आकर्षक डिजाइन र विभिन्न फिटनेस क्षमताहरूको साथ, ओप्पो ब्यान्डले तपाईंको स्वास्थ्य र जीवनशैलीलाई सक्रिय बनाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स