न्यायाधीश कोइराला र वकिल पोखरेल बीचमा १० करोड लेनदेनको अडियो सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल बीचमा १० करोड लेनदेनको अडियो सार्वजनिक भएको छ ।

न्युज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको हो ।

संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ ।

यस विषयमा छलफल गर्नका लागि दिउँसो साढे १ बजे कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स