काठमाडौं । तिलक कोइराला अनसन बसेको आज छैंठो दिन भएको छ । आजको दिनसम्म उनको स्वाास्थ्य अवस्था दिनप्रतिदिन बिग्रदै गइरहेको छ । कोइराला उच्च रत्तचाप र मधुमेहका बिरामी पनि हुन । अहिले उनलाई अस्पतालमा भर्ना गर्नुपर्ने नाजूक अवस्था आइसकेको र जति बेला जे पनि हुन सक्ने भनेर उनका स्वास्थय जाँच गरिरहेका डाक्टर मलिक अजितले बताएका छन् ।
उनी अनसन बसिरहँदा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ,नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थमन्त्री रामशरण महत अनसनरत कोइरालालाई भेट्न आएका छन् ।
त्यस्तै, लगानी कर्ताको समूहले सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएका थिए । प्रचण्डले पुँजीबजारको समस्या समाधानको लागि अर्थमन्त्री र अर्थसचिवसँग छलफल गर्ने बताएका छन् । पूँजीबजार सुधार संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै प्रचण्डले अर्थमन्त्री र अर्थसचिवसँग छलफल गरेर पूँजीबजारको समस्या समाधान गर्न पहल गर्ने बताएका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पनि कोइरालाई भेटेर उक्त अन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। लिङ्गदेनले सेयर बजार घट्दा सेयर बजारमा संलग्न मान्छेहरुलाई मात्र नभई अन्य व्यक्तिलाई समेत असर गर्ने बताउँदै यो समग्र अर्थतन्त्रसँग सम्बन्धित विषय रहेको बताएका छन्।
उनले आमरण अनसनको छैठौं दिनसम्म पनि सरकारले वार्ताको लागि कुनै पहल नगर्दा सरकारप्रति खेद समेत ब्यक्त गरेका छन भने बार्ता प्रकृयालाई अगाडि बढाउन समेत माग गरेका छन्। सरकारले लगानीकर्ताको माग यथाशीघ्र सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थमन्त्री रामशरण महतले अनसनरत तिलक कोइरालालाई भेटेर माग सम्बोधनको लागि पहल गर्ने बताएका छन्।
त्यस्तै विशाल भट्टराइले यो कुरा संसदमा राख्ने बताएका छन् ।
आमरण अनसनमा राजनैतिक दलका नेताहरुले पनि चासो बढाएको भए पनि यतिबेलासम्म लगानीकर्तासँग वार्ताको वातावरण बनाएका छैनन् ।