यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरूको लगत राखिने उल्लेख गर्दै उनले ती ठाउँहरूमा पार्क निर्माण गरिने, महानगरपालिकाका सबै कार्यालयहरूमा सीसीटीभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने, कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गरिने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउने, महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने, महानगरभित्र घर जग्गा तथा जग्गा बहालमा लिनेरदिने कार्यलाई कम्पनीमार्फत् व्यवस्थित गर्न आवश्यक व्यवस्था मिलाउने, महानगरपालिकाको कर संकलनका लागि व्यवस्था गरेको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरी सबै कर तथा गैर करलाई करदाताको पहुँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/niti-karyakram-purna-path.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स