काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।छ ।
जसमा काठमाडौंमा ५६१ जना, ललितपुरमा १०६ र भक्तपुरमा ६६ संक्रमित थपिएको हो ।
देशभर थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।