काठमाडौं । सुपर लघुवित्तका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनका ३ जना कर्मचारी पक्राउ परेका छन् ।
केन्द्रीय कार्यालय दाङमा रहेको उक्त कम्पनीमा ७२ लाख अनियमितता भएको उजुरीको आरोपमा दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कम्पनीका कामु सीईओ बुद्धिराम चौधरी, तुल्सीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापा रहेका छन् ।
फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी भएको आंशका गर्दै २–३ दिन अघि जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको थियो ।
राष्ट्र बैंकले पनि यस विषयमा अनुसन्धान थालेको छ ।