काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग आचार्यले बिहीबार पद तथा गोपनियताको शपथ पनि लिएका हुन् ।
यसअघि एमाले प्रदेश संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चुनेको थियो भने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए।
राईकै प्रस्तावमा आचार्य संसदीय दलको नेता चयन भएका हुन् । प्रदेश १ मा एमालेको बहुमत रहेका कारण आचार्य मुख्यमन्त्रीमा नियुक्त भए हुन् । तर दल विभाजनका कारण कति सांसद माधव नेपालको पक्षमा लाग्ने हुन् भन्ने खुलिनसकेका कारण आचार्यले विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्ने शंका छ ।