गुल्मी । श्रीमतीले आफ्नै श्रीमान् विरुद्ध बलात्कारको जाहेरी दिएकी छिन् ।
शनिबार गुल्मी मदाने गाउँपालिका-४ निवासी २४ वर्षीय महिलाले आफ्नै श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् ।
पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ती महिलाले आफ्नो श्रीमानले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ ।