बिजुली प्रसारण लाइनमा मान्छे चढेपछि, उत्पादन बन्द, प्रतिघण्टा १० लाख घाटा

काठमाडौं । नुवाकोट ककनीको बिजुली प्रसारण लाइनमा एक व्यक्ति चढेका छन् ।

बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षका माइला बिक नाम गरेका व्यक्ति प्रसारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् ।

उनी माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा चढेपछि विद्युत् प्रवाह बन्द गरिएको छ । बिक बिहान ११ बजेतिर बिजुलीको पोलमा चढेको स्थानीयले बताएका छन् ।

उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बिकको मानसिक अवस्था ठिक नभएको र यसकै कारण श्रीमतीले पनि छाडेको र बुबाआमा पनि छुट्टै बस्दै आएको बताएका छन् ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन खोजीरहेको तर उनी अटेर गरेर तारमा झुन्डिएर त्यही यताउति गरिरहेको स्थानीयले बताए ।

उनी प्रसारणलाइनमा चढेपछि विद्युत् प्रवाह बन्द गर्दा ६०/६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको र प्राधिकरणले घण्टाको १० लाख खर्च भइरहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स