काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था विभागले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढाएको हो ।
नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।
जसअनुसार, यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यस्तो छ नयाँ मूल्य सूची :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/bhada-darr.pdf” cache=”off”]