काठमाडौं । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने बताएको हो ।
बालबालिकाले पहिलो चरणमा जुन खोप लगाएको दोस्रो चरणमा पनि सोहि खोप लगाइने मन्त्रालयले जनाएको छ ।