बन्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

काठमाडौं । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको छ ।काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको हो ।

स्थानीयको सहमति बिना बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ । काठमाडौंको फोहर बञ्चरे डाँडामा फालेपछि विवाद उग्र बनेको थियो । यस विषयमा भएको विवाद समाधानका लागि भोलि वार्ता हुन लागेको हो । हजारौं स्थानीयले सो क्षेत्रमा दैनिक धर्ना दिइरहेका छन् ।

मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीयले अवरोध गरेका थिए । भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोलनरत पक्ष (स्थानीय)बीच भोलि वार्ता हुन लागेको हो । भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष र स्थानीयका सहभागी हुने बताइएको छ ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनीबेंसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो । स्थानीयको सहभागी बिना भएको उक्त सम्झौता पीडित पक्षले अस्वीकार गरेका थिए ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । वार्ताका लागि बिहान ८ बजे बोलाइएको छ ।

मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।

फोहोर बोकेको गाडीलाई अवरोध गरेको आरोपमा प्रहरीले बञ्चरेडाँडा क्षेत्रका केही स्थानीय वासिन्दालाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेकाहरु बिहीबार रिहा भएका छन् ।

नुवाकोट र धादिङमा फोहोरबाट प्रभावित भएका ४ सय स्थानीयलाई रोजगारी दिनुपर्ने, प्रभावित क्षेत्रमा भएको गुठी सम्बन्धी समस्या समाधान गर्नुपर्ने, बञ्चरेडाँडाको वरिपरि ३ हजार मिटर क्षेत्र अधिग्रहण गर्नुपर्ने र अधिग्रहण नगरे स्थानीय वासिन्दालाई अन्यत्र जग्गा दिनुपर्ने स्थानीय वासिन्दाको माग छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स