काठमाडौं । बिहिबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बुधबार सुनको मूल्य ९१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले घटेर ९१ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।