पदोन्नति भएका उपरथीत्रयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुलाई सैनिक मुख्यालय जंगी अंडामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिह्न प्रदान गरेको हो ।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स