पुँजी बजारको समस्या समाधान गर्न अर्थमन्त्रीले बनाए ४ सदस्यीय अध्ययन समिति( को को छन् समिति ?)

काठमाडौं । सरकारले पूँजीबजारको समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् ।

जसअनुसार, संयोजनमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, सदस्य समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक छन् भने सदस्य सचिवमा धितो बोर्डका निर्देशक रहनेछन् । शर्माले उक्त समितिले दिएको सुझावको आधारमा पूँजीबजारको विकासको लागि गर्नु पर्ने सुधारको कामहरु गरिने बताए ।

बोर्डको ३० औं वार्षिकोत्सव अर्थमन्त्री शर्माले सेयर बजारमा मौद्रिक नीतिका सम्बन्धमा केही गुनासो रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । ‘मौद्रिक नीतिको बारेमा केही गुनासो समस्या रहेको भन्दै त्यसलाई यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने ‘धितोपत्र बजार सुधारको लागि काम भइरहेको छ ।’

उनले मार्जिन ल्यान्डिङको लागि आवश्यक व्यवस्था गर्नुपर्ने भन्दै मार्जिन ल्यान्डिङको व्यवस्था गर्न निर्देशन दिए । ‘बजार विकासको लागि नियमनकारी संस्थाबीच समन्वयनको खाँचो छ समन्वयन गर्नुस्,’ उनले भने ‘राष्ट्र बैक, बोर्ड र बीमा समितिको समन्वयात्मक अन्तरसम्बन्धका लागि अपिल गर्छु ।’

धितोपत्र बोर्ड स्वायत्तताको कुरा उठेको छ,’ उनले भने ‘अर्थ मन्त्रालय पनि यहि पक्षमा उभिएको छ, तर जवाफदेहितासहितको स्वायत्तता होस् भन्ने म चाहन्छु ।’

पुँजी बजारलाई अन्तर्राष्ट्रियमैत्री प्रविधिसहितको विश्वासनीय बनाउन आवश्यक रहेकोले सोहीअनुसार सुधार गर्नेसमेत उनले निर्देशन दिए । धितोपत्रले बोर्डले गर्नुपर्ने धेरै काम रहेकोले छिटो तरिकाले प्रविधि भित्र्याउन आवश्यक रहेको समेत अर्थमन्त्री शर्माले बताए ।

लगानीकर्ता र कम्पनीको हित र संरक्षण गर्न नियामक निकायको समेत क्षमता अभिवृद्धि हुुनपर्ने उनले बताए । मौद्रिक नीतिमा आएका केही गुनासाहरू सुनेर त्यसको सुधार गर्नुपर्नेमा बताउँदै उनले भने ‘म अर्थमन्त्री भएपछि नै पुँजी बजारको सुधारको लागि प्रयासरत छु ।’ मौद्रिक नीतिमा सुधारको पहल भइरहेको छ’ अर्थमन्त्री शर्माले भने।

वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयर आईपीओमा १० प्रतिशतको कोटा कार्यान्वयन गर्ने र गैर आवसीय नेपालीहरुलाई दोस्रो बजारमा लगानीको अवसर दिनका लागि काम भइरहेको समेत उनले बताए ।

मार्जिन लेण्डिङमा समस्या छ । यसको अन्त्य गर्न धितोपत्र बोर्ड लाग्नुपर्ने समेत उनले बताए । सेयर बजार बढ्ने घट्ने भइरहने भएकोले यसमा लगानीकर्ता सचेत हुनुपर्नेमा अर्थमन्त्री शर्माले जोड दिए ।यसमा सबैमा समन्वय हुनुपर्नेमा आफ्नो जोड रहेको उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स