काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत संचालित ‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच सम्झौता भएको छ ।
सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा ५०० सम्म मात्र हुनेछ ।
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५०० सम्म मात्र हुने आइएमई पेले बताएको छ ।