हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गर्ने वेटर पक्राउ

काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गरेको अभियोगमा रेष्टुरेन्टका वेटर पक्राउ परेका छन् ।

रेष्टुरेन्टमा वेटरको काम गर्दे आएका दोलखाको तामाकोशी गाउँपालिका-६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्रीलाई पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको र खत्रीले पीडितको ‘कोल्ड ड्रिंकस’मा मदिरा मिसाएर जबरजस्ती करणी गरेको अभियोग छ ।

खत्रीलाई जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पीडित रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स