काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाधयक्ष चन्द्रप्रसाद ढकालले आफ्र नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने बताएका छन् । ढकालले आफू बोर्ड सञ्चालक समितिमा बस्न नचाहेको भन्दै महासंघका अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेका हुन् । उनले बोर्ड सञ्चालक समितिमा नबस्ने भन्दै राजीनामा दिएका हुन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् ।
आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेका हुन । महासंघको वरिष्ठ उपाध्यक्ष बोर्डको सञ्चालक समिति हुने अभ्यास हुँदै आएको छ ।
सर्वोत्तम सिमेन्टको सेयर वरिष्ठ उपाध्यक्ष ढकालको भाइको नाममा पनि छ । ढकाल नै सञ्चालक रहेका बेला भाइले सेयर किनेको भन्दै विवाद समेत भएको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानुनअनुसार सेयर खरिद गरेको प्रष्ट पारेको छ ।