नेकपा एकीकृत समाजवादीले पठायो नयाँ मन्त्रीको नाम, को कहाँ ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

जस अनुसार भवानी खापुङ स्वास्थ्य मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन मन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

यसअघि स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, पर्यटनमन्त्रीमा प्रेम बहादुर आले, श्रममन्त्रीमा किसान श्रेष्ठ र सहरी विकासमन्त्रीमा रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स