सरकारबाट नेकपा एकीकृत समाजवादीका ४ मन्त्री हट्दै, को को छन् ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट मन्त्री रहेका सबैलाई फिर्ता बोलाउने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनाल बताएका हुन् । भोली नै सबै मन्त्रीहरुलाई फिर्ता बोलाईने नेता खनालले बताए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम बहादुर आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि फिर्ता आउने छन् ।

पहिले नै ६/६ महिनाका लागि मन्त्री बन्ने सहमति भएको र उनीहरुमन्त्री बनेको ६ महिना भइसकेका कारण फिर्ता बोलाउने निर्णय गरिएको नेता खनालले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स