बढ्यो रगतको मूल्य, प्रतियुनिट रगतको कति ?

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको मूल्य बढाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना प्रकाशित गरि प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरिएको जनाएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

त्यस्तै, ब्लड ब्यागको १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट १ सय रुपैयाँ कायम गरिएको छ ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स