निजी शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुले ७ दिनभित्र सम्पर्क राख्न सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न आग्रह गरेको छ ।

व्यापारिक भवन, होटेल, रेस्टुरेन्ट, बैंक, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, गैरसरकारी संघ–संस्था, व्यवसायीलगायत निकायका लागि महानगरले सूचना जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि बसेको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स