बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनहरुले यी कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने

काठमाडौं । यातायात व्यवस्था विभागले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएसँगै जडानका लागि कार्यालय पनि तोकेको छ ।

विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कार्यालय तोकेको हो ।

विभागका अनुसार बागमती प्रदेशमा यातायात व्यवस्था कार्यालय (साना–ठूला सवारी) एकान्तकुना र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ ।

गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय पोखराबाट इम्बोस्ड नम्बरप्लेट जडान गर्न सकिनेछ ।

विभागका अनुसार सार्वजनिक सवारी, पर्यटन, निजी, सरकारी र संस्थानका सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्नेछ ।

यदि तोकिएको समयमा इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा साउन १ गतेबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स