वायुसेवा सञ्चालक सङ्घको स्पष्टिकरण

वायुसेवा सञ्चालक सङ्घ, नेपालले एकल इन्जिन भएका हेलिकप्टरहरुमा दुई पाइलट राख्नुपर्ने व्यवस्था उत्पादनकर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने बताएको छ ।

सङ्घका प्रवक्ता योगराज कँडेलले आज प्रकाशन गरेको विज्ञप्तिमा सङ्घ तथा सङ्घका सदस्य वायुसेवा कम्पनीहरु उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र सान्दर्भिक सुझावअनुसार नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरु पूर्णपालनाका लागि सङ्घ प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

यसै सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरी अध्ययन गरिरहेका अवस्थामा सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई उद्धृत गरी आज प्रकाशित ‘हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’ शीर्षकको समाचारको सो सङ्घले खण्डन गरेको छ । सो विज्ञप्तिमा भनिएको छ ‘हालका दिनहरुमा सङ्घबाट भए गरेका कामहरुको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मकरुपमा टीकाटीप्पणी गरी भ्रम फैलाउने कार्य भइरहेकाले सङ्घको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरुमा विश्वास नगरिदिनुहुन सम्बन्धित सबैमा सङ्घ अपिल गर्दछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स