काठमाडौं । यातायात व्यवस्था विभागले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ । विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने बताएको हो ।
यदि तोकिएको समयमा इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा साउन १ गतेबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले जनाएको छ।
विभागले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि मिति २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएकोमा सो को कार्यन्वयन नगरिएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ ।